लालीगुराँस नगरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । लालीगुराँस नगरपालिकाको आयोजना तथा सिंहदेवी माध्यमिक विद्यालयको ब्यावस्थापनमा यहि माघ २५ गते देखि सञ्चालन भएको विभिन्न खेल माघ २८ गते सम्म निरन्तर ४ दिन सञ्चालन भएको हो । जसमा लालीगुराँस नगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत र सामुदायिक गरि ११ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । भलिबल, कबड्डी, रिले तथा दौड र विभिन्न फिल्ड र ट्याकका १७ वटा खेलहरु सम्पन्न भएका थिए । जसमध्ये श्री बषन्त माध्यमिक विद्यालय प्रथम, श्री कृष्ण माध्यमिक विद्यालय चामचिम दितीय र श्री सिंहबाहिनी माध्यमिक विद्यालय दाँगपा तृतीय भएका छन् । कार्यक्रममा प्रथमहुने खेलाडी तथा विद्यालयहरुलाई नगद रु १० हजार सहित रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ भने दितीय र तृतीय हुने खेलाडी तथा विद्यालयहरुलाई क्रमश नगद रु. ८ हजार र ६ हजार साथै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा लालीगुराँस नगरपालिका उपप्रमुख जमुना मगर कार्कीको प्रमुख आतिथ्यता र सिंहदेवी माध्यमिक विद्यालयका शि.अ.संघ अध्यक्ष पूर्णबहादुर शंकरको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस विद्यालयको कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी साथीहरूलाई स्वागत र सुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेका छन्। यस कार्यक्रमको मुख्य उद्देश्य नयाँ विद्यार्थीहरूलाई विद्यालयका पाठ्यक्रम र गतिविधिहरूमा समावेश गराउने र विद्यालय परिवारको अंग बन्ने प्रेरणा प्रदान गर्नु थियो। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का साथीहरूलाई उत्साह र आत्मविश्वासका साथ स्वागत गर्दै, भविष्यका लागि सुभकामना दिएका थिए।