External News

भूकम्पको धक्का महसुस
भूकम्पको धक्का महसुस

२२ पौष २०८१ मंगलबार बिहान राजधानी काठमाण्डौ र उपत्यका बाहिर भूकम्पको धक्का महसुस भएको छ । चीनलाई केन्द्र विन्दु बनाएर ७ मेग्निच्युडको भूकम्प गएको थियो । विहानै सर्वसाधारण जनता होहल्ला गर्दै सडक र बाटोमा अतालिन्दै निस्केका थिए । केही बर्ष अगाडी वि.सं. २०७२ सालमा गएको महाभूकम्पको त्रासले जनता अझैपनि त्रसित बनेका छन् ।

त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थाल्याे ।
त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थाल्याे ।

त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो। सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो। अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।